logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

वडा कार्यालयमा आगजनी


  • राजनीति
  • मंगलबार, असार ३ २०७६

सल्यान — छत्रेस्वरी गाउँपालिका ३ झिम्पेको मुलखोलामा रहेको वडा कार्यालयमा आगजनी भएको छ । दुई कोठे रहेको वडा कार्यालयमा सोमबार राति दुई बजे भएको आगजनीका कारण सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ ।

आगजनीबाट प्रशासन र प्राविधिक कोठामा रहेका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरबहादुर खड्काले आगजनीको कारण खोजी भैरहेको बताए ।

वडा अध्यक्ष राजबहादुर बुढाथोकीले कार्यालयका पाँच दराज, कागजपत्र, ल्यापटप, कम्प्युटर, फोटोकपी मेसिन, सोलार प्यानल, कुर्सि, कार्पेट, लगायत सबै सामग्री जलेको बताए ।

कार्यालयमा कसैले आगो लगाएको हुनसक्ने उनले जानकारी गराए । आगजनीबाट सबै सामान जलेपछि कामकाज कसरी गर्ने अन्यौल भएको उनले बताए ।

आगजनी भएको थाहा भएपछि स्थानीयले आगो निभाएको ज्ञानबहादुर खड्काले बताए । ‘राति दुई बजे कार्यालयका कार्यालय सहयोगीले वडा कार्यालयमा आगलाागी भएको छ भनेर फोन गरे । गएर हेर्दा सबै सामग्री जलेर नष्ट भैसकेको थियो’ उनले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार