logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बिमला तामाङ मृत भेटिएपछि समता अस्पताल तोडफोड


  • राजनीति
  • मंगलबार, असार ३ २०७६

पोखरा – अस्पताल सरसफाइमा कार्यरत २७ वर्षीया बिमला तामाङ मृत भेटिएपछि बौद्धस्थित समता अस्पताल तोडफोड भएको छ । मृतक तामाङका आफन्तले तोडफोड गरेका हुन् ।

रामेछापको दोरम्बा घर भएकी तामाङ अस्पताल परिसरमै भुण्डिएको अवस्थामा भेटिएकी छन् । घटनापछि अस्पताल प्रशासन र मृतकका आफन्तबीच मेलमिलापको लागि छलफल भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले बताउनुभयो ।आफन्तले नाराबाजी गरेपछि अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ ।

समता अस्पताल स्वास्थ्य क्षेत्रमा सर्वशुलभ सेवा दिँदै आएको छ । अस्पतालमा एक सय रुपैयाँमा उपचार हुने गरेको छ । अस्पतालले पुरै शरिर चेकजाँचको १५ सय रुपैयाँ लिने गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार