हुम्ला -आज् कर्णाली नदीमा जीप दुर्घटना भएको छ। दुर्घटना हुँदा १६ जना बेपत्ता भएका छन्।
हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को खार्पुनाथबाट याक्चुकुना जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप गाढीवेणु बिसौना र कैलेबालुबीचको खण्डबाट नदीमा खसेको हो। जीप खस्दा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष शिन्दु हमाल शाहीसहित १६ जना बेपता भएको बताइेको छ। खार्पुनाथ गाउँपालिका ५ मा पर्ने बेणुबिसौना र कैलेबालु भन्ने ठाउँबाट मंगलबार अपरान्ह १ बजे जीप दुर्घटना भएको हो। जीपमा कति यात्रु सवार थिए भन्ने यकिन छिन ।
अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको प्रयासमा उद्धार कार्य भइरहेको छ। तर जीप नदिमा खसेको केही समयपछि कर्णाली नदीले पुरै छोपेकोले कुन ठाउँमा छ भन्ने थाहा नभएको घटनास्थलमा पुगेका पत्रकार राजन रावतले बताए। सिमकोट विमानस्थलबाट फिस्टेल एयरको हेलिकप्टरबाट घटनास्थलमा सुरक्षा निकाय पुगिसेकका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ।