logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सभामुखको रुलिङ नमानेर काँग्रेसले गलत संसदीय नजिर बसाल्न खोजे- माधवकुमार नेपाल


  • राजनीति
  • मंगलबार, असार ३ २०७६

पोखरा- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि प्रधानमन्त्रीलाई सम्बोधन अवरोध गरेर प्रतिपक्षी दलले गलत काम गरेको सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले टिप्पणी गरेका छन् । संघीय संसद भवनमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता नेपालले प्रमुख प्रतिपक्षी दलले गलत संसदीय नजिर बसाल्न खोजेको बताएका हुन् ।

उनले अवरोध श्रृजना गर्नु नाजायज भएको टिप्पणी गरे । प्रधानमन्त्रीले बोल्ने भनिसकेपछि संसदीय परम्परा अनुसार उनको कुरा सुन्नुपर्नेमा ‘प्रमुख प्रतिपक्षी दलको माग नाजायज थियो । प्रधानमनत्री बोल्ने भनिसकेपछि संसदीय परम्परा र संसदीय परिपाटी अनुसार प्रधानमन्त्रीले भनेको कुरा सुन्नुपर्छ ।

त्यसपछि प्रतिपक्षीले बोल्ने कुराको सन्र्दभमा बोल्न पाउनुपर्छ । सभामुखको रुलिङ नमानेर गलत संसदीय नजिर बसाल्न खोजेको देखिन्छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार