राजनीति
पोखरा- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदको कार्यसूचि विपरित गएर प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा बैठकमा बोल्न नदिएको आरोप लगाएका छन ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले बोल्नका लागि रोष्टममा उभिएका प्रधानमन्त्री ओलीलाई बोल्न नदिएपछि उपनेता नेम्वाङले काँग्रेसको सो गतिविधि संसदको कार्यसूचि विपरित रहेको प्रतिक्रिया दिएका हुन् ।
उनले संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ संसदीय परिपाटीमा संसदको नेता, सत्तापक्षका नेता, प्रधानमन्त्रीलाई बोल्नका लागि समय उपलब्ध हुने उल्लेख गर्दै तर बोल्नका लागि रोष्टममा पुग्नुभएका प्रधानमन्त्रीलाई बोल्न नदिइएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
उपनेता नेम्वाङले संसदीय परिपाटीमा संसदमा बोल्न समय माग गरेपछि प्रधानमन्त्रीलाई बोल्न समय उपलब्ध हुने र त्यसपछाडि मात्रै प्रतिपक्ष दलका नेताले बोल्न पाउने पनि बताए ।