logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

नेकपा कास्कीका नेता कार्यकर्तालाई उच्च अदालतले रिहा गर्न आदेश,फेरी गिरफ्तार गर्ने तयारी गर्दै प्रहरी


  • राजनीति
  • मंगलबार, असार ३ २०७६

पोखरा- उच्च अदालत पोखरा बार एसोसिएसन भवनबाट मध्यरात गिरफ्तार गरिएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नौ जना नेता तथा कार्यकर्तालाई आज पनि उच्च अदालत पोखराले रिहा गर्न आदेश दिएको छ l अदालतले रिहा गर्न आदेश दिए पनि आज पनि उनीहरुलाई फेरी गिरफ्तार गर्ने तयारी गिएको प्राप्त समाचारमा जनाइएको छ l

उच्च अदालतले मानव अधिकार आयोग र अदालतका रजिस्ट्रारको रोहबरमा छाड्न आदेश दिएपनि प्रहरीले ब्यापक गिरफ्तारीको तयारी गरेपछि रिहा भएका बन्दीहरुलाई उनीहरुको मुद्दाको टुंगो नलागेसम्म आफन्तहरुले अदालत परिसरभित्रै खाने र बस्ने ब्ताबस्था गर्न लागिएको प्राप्त समाचारमा जनाइएको छ l

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार