logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

प्रम ओली निरास हुदैँ पत्रकार सम्मेलन , गुठी देखी लिएर काङ्र्ग्रेस बारे यसो भने


  • राजनीति
  • मंगलबार, असार ३ २०७६

पोखरा- मंगलबार साँझ प्रधानमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीले समसामयिक विषयमा संसदलाई जानकारी गराउन खोज्दा रोक्ने प्रचलन कहिँ पनि नहुने भन्दै दुख प्रकट गरेका छन्

प्रधानमन्त्रीले लिएको समयभन्दा पहिल्यै आफूले बोल्नुपर्छ भन्ने र प्रधानमन्त्रीलाई बोल्न नदिने कुरा कहिँ पनि लोकतन्त्रमा नहुने भन्दै दुख व्यक्त गरे।

प्रतिपक्षी कांग्रेसको अवरोधका कारण संसदमा बोल्न नपाएका प्रधानमन्त्री ओलीले विज्ञहरुको रायसल्लाह र सरोकारवालाहरुको सुझाव लिनुपर्ने भएका कारण भूमिसुधारमन्त्री पद्माकुमारी अर्यालले गुठी विधेयक फिर्ता लिएर ‘वाइज डिसिजन’ गरेको बताएका छन।

‘यो सरकार देश बनाउने अभिभारा बोकेर यही अभियानमा संलग्न छ,’ उनले भने।

उनले आफ्नो युरोप भ्रमण फलदायी भएको उल्लेख गर्दै नेपाल र बेलायतको सम्बन्ध अझ सुदृढ भएको दाबी गरे। आफ्नो भेटघाट र भ्रमणले नेपालको हित बढेको जानकारी गराए।

फ्रान्समा प्रधानमन्त्री, संसदीय कमिटीका अध्यक्षलगायतसँग भेटेर आपसी सम्बन्ध सुदृढ बनाएको उनले दाबी गरे। आइएलओको बैठकमा पनि फलदायी बैठकहरु भएको उनले बताए।

गुठी संस्थानले राम्ररी काम गर्न नसकेका कारण गुठी प्राधिकरण गठन गर्न विधेयक ल्याएको उनले बताए। सम्पदा संरक्षण अहिलेको सरकारको दायित्व रहेको पनि उनले बताए।

‘तर प्राधिकरणले गुठी सञ्चालन गर्ने भनेर भ्रमपूर्ण कुरा गरिएको छ,’ उनले भने।
गुठी विधेयकलाई अनावश्यक रुपमा उछालिएको उनले बताए।

उनले लडेर, बलिदान दिएर ल्याएको लोकतन्त्र फेरि कसैलाई नबुझाउन पनि प्रतिपक्षी कांग्रेसलगायत आन्दोलनकारीहरुलाई चेतावनी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार