राजनीति
पोखरा- इमान्दार मिडिया प्रालि द्दारा सञ्चालित सञ्चारकेन्द्र डटकमका पोखरा संवाददाता राज कुमार घिमिरेलाई प्रहरीले बिना कारण गिरफतार गरेको ५ घण्टा पछी छुटेका छन ।
बुधबार १२ बजेतिर घिमिरेलाई पोखराको उच्च अदालत परिसरबाट गिरफ्तार गरिएको थियो। गत जेठ २५ गते कास्कीको घान्द्रुकबाट बैठक बसिरहेका बेला गिरफ्तार परेका नेकपाका नेता कार्यर्क्तालाई मंगलबार उच्च अदालतले रिहा गर्न आदेश दिएपछि प्रहरीले पुनः गिरफ्तार गरेर तनहुँ लैजाने तयारी गरेको सुचना पाएलगत्तै समाचार संकलन गर्न गएका बेला उनलाई गिरफ्तार गरिएको हो ।
सहकर्मी घिमिरेसंगै नेकपाका एक जना युवा पनि पक्राउ परेक थिए । नेकपाका नेताकार्यकर्तासंगै सञ्चारकर्मी घिमिरेलाई प्रहरीले किन पक्राउ गरेको हो भन्नेबारेमा यो कास्की प्रहरी बोलेको छैन । कास्कीका प्रहरी प्रबक्ता डिएसपी राज कुमार केसीले आफुलाई पत्रकार घिमिरे गिरफ्तार भएकोबारे कुनै जानकारी नभएको बताएका थिए । उनले तत्काल बुझेर घिमिरेलाई रिहा गर्न पहल गर्ने पनि बताएका थिए।
पछिल्लोपटक देशभर विभिन्न सञ्चार गृहमा कार्यरत पत्रकारलाई प्रहरीले गिरफ्तार गर्ने, धरपकड गर्ने र दुख दिने कार्य गरिरहेको छ । यता इमान्दार मिडिया प्रालिका अध्यक्ष तथा सञ्चारकेन्द्र डटकमका सञ्चालक कमल बुढाले आफ्नो मिडिया हाउसका सञ्चारकर्मीलाई गणतान्त्रिक देशको प्रहरीले राणाकालिन शैलीमा गिरफ्तार गरेर फासिवादी चरित्र देखाएको भन्दै यस्तो हर्कत नदोहोर्याउन सरकारसँग अनुरोध गर्दै रिहा गर्न समेत माग गरेका थिए ।सञ्चार केन्द्र डटकम प्रेममाथि हुने यस्ता दमन र धरपकडको घोर निन्दा एवंम् भत्र्सना गर्दै गिरफ्तार सहकर्मी राजकुमार घिमिरेलाई तत्काल रिहा गर्न कास्की प्रहरीलाई अनुरोध गरेका हुन ।
रिहा भए लगतै पत्रकार घिमिरेले आफ्नो फेसबुकमा स्टाटस लेख्दै गैरन्यायिक तरिकाले आफुलाई प्रहरीले पेस्तोल तेर्साएर गिरफ्तार गरेको र अहिले पत्रकार महासंघ गन्डकी देखि सम्पुर्ण बुद्धिजीवी , राजनीतिकर्मी, मानवअधिकारबादी , पत्रकार साथी हरु सबैको दबाब र सहयोगले अहिले ५ घन्टापछि रिहा भएको छु भन्दै लेखेका छन।
“जनपक्षीय पत्रकारिता गर्दै अघि बढिरहेको म जस्तो युबा लाई गैरन्यायिक तरिकाले आज दिउँसो पोखरा बगर बाट ११ बजे पेस्तोल तेर्साएर हिरासत लग्यो र पत्रकार महासंघ गन्डकी देखि सम्पुर्ण बुद्धिजीवी , राजनीतिकर्मी, मानवअधिकारबादी , पत्रकार साथी हरु सबैको दबाब र सहयोगले अहिले ५ घन्टापछि रिहा भएको छु, सम्पुर्णमा आभार ब्यक्त गर्न चाहान्छु।”