logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

असार ५ गतेको राशिफल, तपाइको दिन कस्तो रहनेछ


  • ज्योपं. सरोज घिमिरे
  • बिहिबार, असार ५ २०७६

आज बि.स. २०७६ साल असार ५ गते बिहिबार इश्वी सन् २०१९ जुन २० तारीख आषाढ कृष्णपक्ष तृतीया तिथी उत्तरषाढा नक्षत्र नक्षत्र ऐन्द्र योग बव करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा सौम्य योग सुर्य उत्तरायण ग्रीष्म ऋतु विश्व शरणार्थी दिवस ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ । आफन्त जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पुग्नेछ । प्रिय खबरले मन प्रशन्न रहनेछ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला । भौतिकसाधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान सम्मान प्राप्तीको योग रहेकोछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला । यात्रा सामान्य झन्झटमय रहन सक्नेछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अपजस सहनु पर्ला । खानपान मा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ । बादबीबादको सामना गर्नु पर्नेछ । नजिकका मित्रजनहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ । बिलासीताका सामानको प्रयोगमा समय ब्यतित रहनेछ । जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । शारिरीक आलस्यताका कारण कार्य सम्पादनमा ढिलाई हुन सक्नेछ । अध्यन अध्यापन मध्यम रहनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अधिक निकटतम भन्दा अरुको कुरामा बिशेष ध्यान नदिनु होला । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । प्रतिस्पर्दाजन्य कार्यमा सजग रहनु उत्तम रहनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । परीवारका सदस्यहरु बाट टाढाँ भएको अनुभुति हुन सक्नेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ । कार्य क्षेत्रको गडबढीले गर्दा मनमा सामान्य डरको बास रहनेछ । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । कला कौशलको प्रयोग बाट दिर्घ कालिन आम्दानिका श्रोत हरु फेला पर्नाले मन हर्षित रहनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । तपाईको प्रगतिमा आरीस गर्ने हरुबाट बच्नु पर्ला । शत्रु पक्ष सबल रहलान । पारीबारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ । सवारि साधनको प्रयोगमा भने बिशेष ध्यान पुर्याउनु होला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

आफ्नै घमन्डका कारण दाजु भाई बिचको सम्बन्धमा सामान्य खराबि उत्पन्न हुन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोग मा समय ब्यतित रहन सक्छ । पारीवारिक मेल मीलाप बढ्नेछ । नयाँ योजनका साथ गरीएका कार्य सफल रहनेछन । मित्रजनहरु सगँ सामान्य यात्राको योग बन्नेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि आई पर्न सक्नेछ । साजेदारी काममा लगानी नगरैकै बेश हुनेछ । कार्य सम्पादन गर्नु पूर्व गोप्यता अपनाउनु उत्तम रहनेछ । आफन्तजनहरु बाटनै धोका हुन सक्ने सम्भाबना रहेकोछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मनमा आँट र शाहस को कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला । यात्रा मनोरन्जन पुर्ण रहनाले मन प्रशन्न रहला । दाजु भाई तथा मित्र जनहरु सँगको सम्बन्ध टाढिन सक्छ । पारीवारिक साथ सहयोगमा ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । शारिरीक आलस्यताले सताउनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । नयाँ योजनाका साथमा गरीएका कामहरु सफल हुनेछन । पारीवारिक सम्बन्धमा सामान्य मनमुटाबको सामना गर्नु पर्ने समय रहेकोले बिशेष सजग रहनुहोला ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । तपाईको सानो कमजोरीको फाईदा अरुले लिन सक्ने छन । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । तपाइको लगन सिलताको कदर हुनाले नयाँ नयाँ अवसर हरु जुट्नेछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार