logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

विप्लव नेकपाका दुई जिल्ला इन्चार्ज सहित पाँच जना उपत्यकाबाट पक्राउ,


  • राजनीति
  • बिहिबार, असार ५ २०७६

पोखरा- महानगरीय प्रहरी अपराध महाशाखाले विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्जहरूलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा रामेछाप जिल्ला इञ्चार्ज कुलदिप तामाङ, दोलखा इञ्चार्ज यादव दाहाल, सचिव निशान जिरेल, विद्यार्थी इञ्चार्ज तामसालिङका मुकुन्द श्रेष्ठ र उदयपुरका विद्यार्थी इञ्चार्ज छन्।

उनीहरूलाई भक्तपुर र काठमाडौंका छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए।

राज्यविरूद्धको कसूर गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको उनले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार