logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

गृहमन्त्री ‘बादल’ खुमबहादुर भन्दा एक थोपा रगतले कम भएनन् : जागृत रायमाझी


  • राजनीति
  • बिहिबार, असार ५ २०७६

बौद्धिक युवा नेता तथा पुर्व बिधार्थी नेता जागृत रायमाझीले विप्लवका सर्लाही इन्चार्ज कुमार पाैड्यालकाे प्रहरीले हत्या गरेकाे भन्दै आक्राेस ब्यक्त गरेका छन्।

सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै गृहमन्त्री राम बहादुर थापा बादल खुम बहादुर खड्का भन्दा गिरेकाे समेत आराेप लगाएका छन् ।

यस्ताे छ उनकाे स्टाटस 

क्लाउडजी !
आज फेरि
दोहोरी भिडन्तको नाममा
सर्लाही बिप्लब नेकपाका इन्चार्ज कुमार पौडेलको
प्रहरीले गोली हानेर हत्या गरेछ !
खुमबहादुरहरु भन्दा तपाईं
एकथोपा रगतले पनि
फरक हुन सक्नुभएन हगी ??!

 

आज मारिएका विप्लवका जिल्ला इन्चार्ज कुमार पौडेल को हुन ?

सुकुम्बासी आन्दोलन मार्फत लाेकप्रिय छवि बनाएका विप्लव नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पैड्यालकाे भखरै प्रहरीद्वाराा हत्या गरिएकाे छ । नेकपा जनकपुर ब्युराे सदस्य तथाा सर्लाही जिल्ला का इन्चार्ज थिए।

पौडेल बागमती नगरपालिका धरहरास्थित हरिवन का स्थानीय बासिन्दा हुन् । उनै पौडेलको नेतृत्वमा नेकपाका नेता, कार्यकर्ता र प्रहरीबीच केही महिनाअघि पनि सुकुम्बासी बस्ती हटाउने विषयलाई लिएर तनाव उत्पन्न हुँदा प्रहरीले गोली चलाएको थियो । तर, त्यतिबेला भने कुनै मानवीय क्षति भएको थिएन ।

भुमिहिन सुकुम्बासीले जमिन पाउनुपर्ने माग राख्दै सुकुम्बासी आन्दोलनको नेतृत्व गरेका उनी सुकुम्बासी मात्रै हाेेइन सर्लाही र सिन्धुलिमा निकै लाेक प्रिय मानिन्थे पाैड्याल ।

बागमती नगरपालिका धरहरामा सागरनाथ वन परियोजनाको करिब ४ हजार बिघा जग्गा कब्जा गरी विप्लव नेकपाले सुकुम्बासीहरुलाई राखेको थियो । प्रहरीले सो जग्गा खाली गर्ने क्रममा यसअघि पनि गोली चलाएको थियो ।

पौडेल नेकपा माओवादी फुटेपछि मोहन वैद्य नेतृत्वको पार्टीमा लागेका थिए । पछि उनी नेत्रविक्रम चन्दले नेकपा बनाएपछि सोही पार्टीको प्रदेश नम्बर २ कै माथिल्लो तहमा थिए । त्यसअघि उनी चुरे भावर पार्टीमा थिए ।

अग्लाे हाइट हसिलाे अनुहार तथा मिलनसार स्वभावका धनी पाैड्याल पुर्व खेलाडीसमेत रहेका थिए। पहिलेदेखि आँटिलो स्वभावको भएको उनका नजिकका एक आफन्तले बताए । “एक्कासि उहाँको प्रहरीले चलाएको गोली लागि निधन भएको खबर थाहा पाउँदा दुःख लागेको छ,” उनले भने । उनका श्रीमती छाेरा एक छाेरी आमा बुवा भाइ र दिदी हुनुहुन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार