राजनीति
पोखरा- भरतपुर महानगरपालिका–२१ पार्वतीपुर बस्ने ३३ वर्षीया विमला कुमाल आज बिहान १०ः३० बजे नारायणी नदीको पुलबाट हाम फालेर बेपत्ता भएकी छिन् ।
पुलमा हिँडिरहेकी उनी नदीमा हाम फालेको प्रत्यक्षदर्शीको भनाइलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
पुलमा छाडेको झोलामा रहेको कागजातका आधारमा ती महिलाको पहिचान खुलेको र खोजी भइरहेको नारायणगढ वडा प्रहरी कार्यालयले जनाएको छ ।
यसअघि असार १ गते राप्ती नगरपालिका वीरेन्द्रनगरकी २१ वर्षीया कविता सापकोटा पनि स्कुटरबाट ओर्लेर नारायणी नदी पुलबाट हाम फालेर बेपत्ता भएकी थिइन् ।