logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

असार ६ गतेको राशिफल, तपाइको लागी कति शुभ रहला


  • ज्योपं. सरोज घिमिरे
  • शुक्रबार, असार ६ २०७६

आज बि.स. २०७६ साल असार ६ गते शुक्रबार इश्वी सन् २०१९ जुन २१ तारीख आषाढ कृष्णपक्ष चौथी तिथी श्रवण नक्षत्र बैधृती योग कौलब करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा धुम्र योग सुर्य उत्तरायण ग्रीष्म ऋतु विश्व योग दिवस, संगीत दिवस, उत्तरी गोलाद्र्धमा यस वर्षको लामो दिन ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

परिवारको सहयोगले बौधिक तथा आर्थीक बिकासको बाटो फेला पर्ने छ । सभासम्मेलनमा सहभागी हुने अबसर प्राप्त रहनेछ । स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । मान प्रतिष्ठामा बृद्धिहुने योग रहेकोछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मित्रजन हरु सगँको भेटघाटमा सामान्य खर्च हुनसक्ने सम्भाबना रहेको छ । परीबारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ । अचल सम्पतीमा ह्रास आउनाले मनमा खिन्नता बोध हुनेछ । लगनसिलताले अरुको मन जित्न सफल रहिनेछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहनेछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

आम्दानि मध्यम रहेता पनि बोलिको कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ । नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ । स्वास्थमा आएको गडबडीले दिन निरास पुर्ण ब्यतित रहला । सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

जिबन साथीको सहयोगले गरिएको ब्यापार ब्यवसायमा मनग्य लाभ मिल्नेछ । ब्यापार ब्यवसायमा साजेदारी फाईदा जनक नरहला । सामान्य कार्यको निम्ति धेरै श्रम र समय खर्चीनु पर्ने योग रहेको छ । मान्यजनको साथ सहयोग द्वारा गरीएका कार्यहरु सजिलै पुर्ण हुनेछन । स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । यात्रामा एक्लोपनको महसुस हुनसक्ला । अपरिपक्क निर्णय गलत साबित हुनाले अपजस भोग्नु पर्ने छ । अरुको पुर्ण बिश्वासले तपाईलाई आघात दिलाउला । प्रतिश्पर्दा जन्य कार्यमा सजग रहनुनै उत्तम रहनेछ । स्वास्थमा भने सामान्य सुधारको योग रहेकोछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

बौधिक ब्यक्तित्व सगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्नेछ । पठनपाठनको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । मातृ पक्षको स्वास्थमा देखापरेको असरले सामान्य समस्या पैदा गर्न सक्नेछ । रचनात्मक क्षेत्रमा जुट्नाले आम्दामी सुदृण बन्नेछ । मित्रजनहरु सगँको अधिक सामिप्यता उचित नरहला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

मनोबिलासिताका सामानको प्रयोगमासमय ब्यतित रहला । सामाजिक कार्यका क्षेत्रबाट मान सम्मान प्राप्ती हुनेछ । ब्यापार ब्यवसायमा साजेदारी फाईदा जनक नरहला । कार्य क्षेत्रमा लगाईएको श्रमको उचित मुल्यांकन हुनेछ । सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

तपाई द्वारा सम्पादित कार्यको प्रतिफल गैर ब्यत्तित्वहरुले प्राप्त गर्नेछन । आटँ तथा शाहसको कमीले कार्यक्षेत्रमा ब्यबधान दिलाउन सक्नेछ । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ । आफन्त जनहरु सगँ मनोरञ्जन पुर्ण यात्राको योग रहेको छ । हतासमा गरीएको कार्यले झन्झट दिलाउला ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

भोज भतेरमा सरीक हुने अबसर प्राप्त हुनेछ । सन्तान सम्बन्धी समस्याले सताउला । स्वास्थमा आएको खराबिले कार्यमा ढिलाई उत्पन्न गराउनेछ । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ । मान्यजनहरुको साथ सहयोगमा पुराना लगानी उठाउन समयले साथ दिनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

नयाँ लगानिका निम्ती सजग रहनु उत्तम रहनेछ । भोज भतेरमा सरीक हुने अबसर प्राप्त हुनेछ । जिद्यी तथा अरुले देखाएको बाटो अनुशरण नगर्नाले सामान्य दुर्घटना निम्त्याउला । जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । सहि निर्णय हुन नसक्दा परिवारीक कलहको सामना गनुपर्नेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

अन्य ब्यक्तिको बिश्वास गर्ने बानिमा सुधार ल्याउनु पर्नेछ । प्रेम सम्बन्धमा तिक्तता पैदा हुनेछ । अनावश्क खर्च नियन्त्ररण गर्न गारो हुन सक्ला । लापरबाहले धनमालमा सामान्य क्षति हुने सम्भाबना रहेको छ । देश बिदेशको यात्राको सम्भाबना रहेकोछ । स्वास्थमा सामान्य समस्या देखा पर्ने सम्भाबना रहेकोछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आम्दानी बृद्यिका लागी बीद्योत ब्यक्तित्वहरुको मार्गदर्शन अबलंबन गर्नु लाभदाइक रहला । बाकपटुताका कारण नयाँ कार्य थालनिको अबसर प्राप्त हुनेछ । मान्यजनको स्वास्थमा सामान्य खराबिले कार्यमा ढिलाईको सामना गर्नु पर्ला । नयाँ कार्यको थालनिका निम्ती समय उत्तम रहेकोछ । अध्यन अध्यापनमा समय ब्यतित रहनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार