logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कुमार पौडेलको हत्या, बाटोभरी रगताम्य (हेर्नुस तस्वीरमा)


  • राजनीति
  • शुक्रबार, असार ६ २०७६

सुकुम्बासी आन्दोलन मार्फत लाेकप्रिय छवि बनाएका विप्लव नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पैड्यालकाे हिजो मारिए । बासघारीको छेउमा उनी माथी गोली वर्षियो । कुमार रगताम्य हुदै ढले ।

नेकपा जनकपुर ब्युराे सदस्य तथाा सर्लाही जिल्ला का इन्चार्ज थिए।

पौडेल बागमती नगरपालिका धरहरास्थित हरिवन का स्थानीय बासिन्दा हुन् । उनै पौडेलको नेतृत्वमा नेकपाका नेता, कार्यकर्ता र प्रहरीबीच केही महिनाअघि पनि सुकुम्बासी बस्ती हटाउने विषयलाई लिएर तनाव उत्पन्न हुँदा प्रहरीले गोली चलाएको थियो । तर, त्यतिबेला भने कुनै मानवीय क्षति भएको थिएन ।

भुमिहिन सुकुम्बासीले जमिन पाउनुपर्ने माग राख्दै सुकुम्बासी आन्दोलनको नेतृत्व गरेका उनी सुकुम्बासी मात्रै हाेेइन सर्लाही र सिन्धुलिमा निकै लाेक प्रिय मानिन्थे पाैड्याल ।

बागमती नगरपालिका धरहरामा सागरनाथ वन परियोजनाको करिब ४ हजार बिघा जग्गा कब्जा गरी विप्लव नेकपाले सुकुम्बासीहरुलाई राखेको थियो । प्रहरीले सो जग्गा खाली गर्ने क्रममा यसअघि पनि गोली चलाएको थियो ।

पौडेल नेकपा माओवादी फुटेपछि मोहन वैद्य नेतृत्वको पार्टीमा लागेका थिए । पछि उनी नेत्रविक्रम चन्दले नेकपा बनाएपछि सोही पार्टीको प्रदेश नम्बर २ कै माथिल्लो तहमा थिए । त्यसअघि उनी चुरे भावर पार्टीमा थिए ।

जिवन साथिका साथमा कुमार

दिदिका साथमा

अग्लाे हाइट हसिलाे अनुहार तथा मिलनसार स्वभावका धनी पाैड्याल पुर्व खेलाडीसमेत रहेका थिए। पहिलेदेखि आँटिलो स्वभावको भएको उनका नजिकका एक आफन्तले बताए । “एक्कासि उहाँको प्रहरीले चलाएको गोली लागि निधन भएको खबर थाहा पाउँदा दुःख लागेको छ,” उनले भने । उनका श्रीमती छाेरा एक छाेरी आमा बुवा भाइ र दिदी हुनुहुन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार