राजनीति
पोखराआश तमु- आउँदै गरेको गुरुङ जातीको पर्व ल्होसारको अवसरमा कास्कीको पर्यटकीय गाउँ ल्वाङ घलेलमा महोत्सव को आयोजना गरिने भएको छ ।महोत्सव यही पुस १५ देखि २१ गते सम्म आयोजना हुन लागेको हो ।
माछापुच्छ«े गाउँपालिका ८ र ९ को संयुतम् क्लब बौद्ध सिर्जना युवा क्लवको आयोजनामा महोत्सव हुन लागेको हो ।
गुरुङ जातिको महान पर्व नै ल्होसार भएकाले गुरुङ जातीको बाहुल्य रहेको घलेल गाउँमा महोत्सव राखी हर्ष ,उल्लास सहित मनाउन लागिएको गुरुङले बताए ।महोत्सव अवधिभर विभिन्न खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमहरु हुने क्लवका अध्यक्ष राम गुरुङले जानकारी दिएका छन् ।
उत्सव अवधिभर अन्तर गाउ स्तरिय पुरुष भलिवल प्रतियोगिता, अन्तर क्लव स्तरिय महिला भलिवल प्रतियोगिता, भेट्रान्स पुरुष भलिवल प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, महिला मेच घुमाइ प्रतियोगिता, घैटो फुटाउने प्रतियोगिता, भेट्रान्स छेलो हान्ने प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, पन्जा जुधाइ, लाहाचोक श्रोत केन्द्र स्तरिय आधारभुत तहको छात्र भलिवल प्रतियोगिता, लाहाचोक श्रोत केन्द्र स्तरिय आधारभुत तहको छात्रा भलिवल प्रतियोगिता, लाहाचोक श्रोत केन्द्र स्तरिय हाजिरीजवाफ प्रतियोगिता, लाहाचोक श्रोत केन्द्र स्तरिय हिसाव दौड प्रतियोगिता, लाहाचोक श्रोत केन्द्र स्तरिय श्रुति लेखन प्रतियोगिताको आयोजना गरिएकोे कार्यक्रम संयोजक रुम बहादुर गुरुङले जानकारी दिए