logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

हतियार सहित पोखरा आउदै गरेका एक भारतिय सपरिवार विमानस्थलबाट प्रकाउ


  • दीपक खरेल
  • शुक्रबार, असार ६ २०७६

पोखरा- एक भारतीय नागरिक मंगलबार पोखरा अौदै गर्दा गौतम बुद्ध विमानस्थल भैरहवाबाट अत्याधुनिक पेस्तोल सहित प्रकाउ परेका छन। उत्तर प्रदेशका उमेश शुक्ला चेकोस्लाभियामा निर्मित अत्याधुनिक पेस्तोल दुई थान म्यागजिन र १६ थान गोली सहित प्रकाउ परेका हुन। उनीसँगै श्रीमती साधना, तीन छोरीहरु अञ्जली, कानन र श्रेष्टा तथा दुई वर्षीय नातिनी आब्या पनि सँगै नेपाल आएका थिए। उनी तीन दिन पोखरा बस्ने योजनामा थिए। त्यहाँ उनका लागि एउटा चारतारे होटलमा कोठा बुक थियो।

लखनउस्थित घरबाट सोमबार आफ्नै गाडीमा गोरखपुरसम्म आएका उनी त्यहाँबाट भाडाको गाडी बुक गरी भैरहवासम्म आए। सोमबार राती रुपन्देहीको सियारीस्थित टाईगर प्यालेस होटलमा बिताए

एक दिन भैरहवामा बिताएका उनी मंगलबार परिवारसहित गौतम बुद्ध विमानस्थल पुगे। बुद्ध एयरको उडानबाट उनी पोखरा जाने तयारीमा थिए। टिकट पहिलै बुक थियो।

विमानस्थलमा चेक इन हुने क्रममा उनी पक्राउ परे।

‘हतियारसहित पक्राउ परेका शुक्ला भारत उत्तर प्रदेशका उच्च तहका व्यापारी भन्ने बुझिएको छ,’ रुपन्देही प्रहरी प्रमुख एसपी हृदय थापाले भने, ‘पेस्तोलको समेत भारतमा लाइसेन्स रहेछ।’दीपक खरेलले नेपालखबरमा लेखेका छन।

प्रहरी हिरासतमा रहेका ५० वर्षीय उमेश लखनउ र कानपुरमा केन्द्र बनाएर घरजग्गा र वित्तिय लगानी गर्ने ९ वटा ठुला कम्पनीका लगानीकर्ता हुन्। उनी ती कम्पनीहरुमा निर्देशकको हैसियतमा समेत कार्यरत छन्। उनी निर्देशक रहेको मध्ये एउटा कम्पनी कानपुरमा स्थापित भए पनि त्यसको प्रभाव भारतका सबै प्रमुख शहरमा छ।
उमेश लखनउस्थित लखनउ ग्रामका स्थायी बासिन्दा हुन्। उनी मनि क्यापिटल्समा सन २००२ देखी पूर्णकालीन निर्देशक छन्।

उत्तरप्रदेश राज्यको औद्योगिक शहर कानपुरमा ११ जनवरी १९८४ मा स्थापना भएको मनी क्यापिटल्सको चर्चा सिंगो भारतभरि हुने गर्छ। एक समय अण्डर वल्र्ड डन बब्लु श्रीवास्तवसँग समेत जोडिएको यो गैर नाफामुलक कम्पनीमा कार्यरत उमेशले ब्यक्तिगत सुरक्षाका लागि अनुमति लिएर पेस्तोल बोक्ने गरेको प्रहरी बयानमा खुलाएका छन्।

यी सबै कम्पनी आर्थिक तथा वित्तिय कारोबारमा संलग्न ठूला कम्पनीहरु हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार