राजनीति
प्रतिनिधिसभाको शुक्रबार बैठकमा सञ्चारमन्त्री गोकुल बाँस्कोटा आफ्नो मन्त्रालयको बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै थिए।
त्यही क्रममा कांग्रेस सांसद डिला संग्रौलाले सोधिन्, ‘गुठी विधेयकको विरोधमा काठमाडौंमा ओर्लिएको जनसागरलाई मन्त्रीज्यूले सामन्ती सोचको अवशेष किन भन्नुभयो?’
यसको जवाफ सञ्चारमन्त्रीले चारवटा तुक्कासहित दिए।
‘सामन्तवादका अवशेष छन् होला समाजमा, संस्कृतिमा पनि, तर भन्दै नभनेको कुरामा भ्रम सिर्जना गर्ने काम भयो,’ यति भनेर बाँस्कोटाले पहिलो तुक्का मारे, ‘पानी धमिल्याएर माछा मार्ने काम भयो।’
त्यसपछि उनले आफ्नो बचाउ गर्दै दोस्रो तुक्का भने, ‘यहाँ तिललाई पहाड बनाउने काम भयो।’
तेस्रो तुक्का प्रतिपक्षीहरूतर्फ लक्षित थियो, ‘नचलेको हावा चलाउने?’
प्रतिपक्षी कांग्रेसलाई राजनीतिक लाभको भ्रम नपाल्न सुझाव दिँदै उनले चौथो तुक्का प्रयोग गरे, ‘आफूले आँखा चिम्लेर संसारले आँखा चिम्लेको बुझ्न हुन्न।’