logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

प्रदेश प्रमुख र मुख्यमन्त्रीलाइ काठमाडौमा कोलोनी


  • पत्रपत्रिका
  • शनिबार, असार ७ २०७६

सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीको स्थायी बसाइ सम्बन्धित प्रदेश नै हो।

काम विशेषले वेलावेलामा संघीय राजधानी आउने उनीहरुले अब काठमाडौँमा पनि स्थायी सरकारी आवास पाउने भएका छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा मुना कुँवरले लेखेकी छन्।

सहरी विकास तथा भवन निर्माण विभागले सबैलाई एक एक भवन दिने गरी सवा अर्ब लागतमा १४ वटा भवन निर्माण गर्न लागेको छ।

ललितपुरको सैँबु आवास क्षेत्रमा तीन वर्षभित्र प्रदेशका भिआइपीहरुका लागि कोलोनी तयार हुने विभागले जनाएको छ।

सात प्रदेशका प्रमुख र मुख्यमन्त्रीका लागि सातवटा ब्लक बनाइने छ। प्रत्येक ब्लकमा दुईवटा भवन हुने छ।

प्रदेशका प्रमुख र मुख्यमन्त्री काठमाडौँ आइरहने भएकाले स्थायी आवास चाहिएको सहरी विकासमन्त्री मोहम्मद इन्तियाक राईले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार