logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बाबुरामले ओली लगाएत मन्त्रीहरुलाई कटाक्ष गर्दै भने”ज्वाइँ मन्त्रीहरु सर्तक हुनुस्, ससुरालीले अगुल्टा उचाले”


  • राजनीति
  • शनिबार, असार ७ २०७६

पोखरा- – समाजबादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले गुठी विधेयकविरुद्ध माइतीघर मण्डलामा भएको विशाल प्रदर्शनको माइतीघरमा ससुराली खलकले अगुल्टो उचालेको भन्दै सतर्क रहन ज्वाइँ प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

शुक्रबार संसदमा बोल्दै भट्टराईले भने, ‘हामी खस आर्य समुदायलाई, हामीले एउटा उखान बनाएका छौं, ज्वाई न स्वाई अगुल्टाले च्वाईँ । अस्ति माइतीघर मण्डलामा हाम्रा ससुराली खलकले अगुल्टा उचाले । यसबाट हाम्रा ज्वाइँ प्रधानमन्त्री, ज्वाइँ उपप्रधानमन्त्री, ज्वाइँ मन्त्रीजीहरु पनि सर्तक हुनुहोला ।’

समाजवादी पार्टीका अध्यक्ष समेत रहेका भट्टराइले माइतीघर मण्डलाको प्रदर्शनको सँकेत बुझेर मानवअधिकार आयोग, मिडिया काउन्सिल, सुरक्षा परिषद् लगायत विधेयकहरु खारेज गर्न आग्रह गरे ।

यो विधेयक संविधान विपरित भएको उनको दाबी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार