logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

राजीनामा माग गरेपछि दुई मुखे बोली फेर्दै सञ्चारमन्त्री बाँस्कोटा : सांसदलाई नै ढाँटे हेर्नुस


  • राजनीति
  • शनिबार, असार ७ २०७६

पोखरा- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले गत साताको मन्त्रिपरिषद् बैठक निर्णय सार्वजनिक गर्ने क्रममा गुठी व्यवस्थालाई सामन्तवादसँग जोडेका मन्त्री बाँस्कोटाले आफूले त्यसो नभनेको भन्दै सांसदलाई ढाँटेका छन्।

मन्त्री बाँस्कोटाको उक्त अभिव्यक्तिलाई लिएर सर्वत्र आलोचना भएपछि उनले सदनमा आफ्नो बचाउ गरेका हुन्।शुक्रबारको संसद बैठकमा त्यस्तो नबोलेको दाबी गरेका हुन्।

गुठीयारहरुले बाँस्कोटाको अभिव्यक्तिको विरोध गर्दै राजीनामा माग गरेपछि मन्त्री बाँस्कोटाले तथ्यभन्दा बाहिर गएर आफू माथि झुटो आरोप लागेको उनको जिकिर थियो। गत साता उनले भनेका थिए, ‘हामीले सामन्तवादलाई अन्त्य गर्ने कि नगर्ने?’ शुक्रबार उनले आफ्नो उक्त बोलीलाई ढाकछोप गर्दै उनको अभिव्यक्ति प्रति आपत्ति गर्ने तिर खनिए।

‘सामान्तवाद’ शब्द बोल्दै नबोलेको दाबी गरेका बाँस्कोटाले पुष्टि गर्न सांसदहरुलाई चुनौती दिँदै भने, ‘आरोप लगाइरहन पाइन्छ। पुष्टि गर्नु मुख्य कुरा हो।’

गत साता उनले भनेका थिए, ‘सामान्तवादलाई अन्त्य गर्ने कुरा गुठी, बेखारी, हलिया प्रथा, कमलरी प्रथा, यी अनेक प्रथाहरु जसले सामान्तवादको आर्थिक र सामाजिक र राजनीतिक चरित्रको प्रतिनिधित्व गर्थे। त्यसलाई हामीले भत्काइरहेका छौं।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार