राजनीति
एजेन्सी – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले आयोजक इङ्ल्यान्डविरुद्ध रोमाञ्चक जित हात पारेको छ । हेडिङ्लीमा शुक्रबार राति भएको खेलमा श्रीलंकाले घरेलु टोली इङ्ल्यान्डलाई २० रनले हरायो । जारी विश्वकपमा श्रीलंकाको यो दोस्रो हो ।
श्रीलंकाले दिएको दुई ३३ रनको मध्यम लक्ष्य पछ्याएको इङ्ल्यान्डले ४७ ओभरमा सबै विकेट गुमाएर दुई सय १२ रनमा समेटिएको थियो । इङ्ल्यान्डका लागि बेन स्टोक्स र जोए रुटले अर्धशतकीय पाली खेले ।
स्टोक्सले ८२ रन बनाए । रुटले ५७, कप्तान इयोन मोर्गनले २१, मोइन अलीले १६, प्रारम्भिक ब्याट्सम्यान जेम्स भिन्सले १४ र जस बटलरले १० रन बनाएका थिए । इङ्ल्यान्डलाई हराउन ।
श्रीलंकाका लासिथ मालिंगा र धनञ्जय डी सिल्भाले उत्कृष्ट बलिङ गरे । मालिंगाले चार र सिल्भाले तीन विकेट लिए । इसुरु उदानाले दुई र नुवान प्रदीपले एक विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धाीरत ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ३२ रन बनाएको थियो । खराव सुरुवात गरेको श्रीलंकाले सुरुमा तीन रनमा दुई विकेट गुमाएको थियो ।
श्रीलंकाको पालीलाई अभिस्का फर्नान्डो, एन्जेलो म्याथुज र कुसल मेन्डिसले सम्हालेका थिए । म्याथुजले अविजित ८५ रन बनाए । फर्नान्डोले ४९ रन बनाए । कुसल मेन्डिसले ४६ र धनञ्जय डी सिलले २९ रन बनाए ।
इङ्ल्यान्डका जोफरा आर्चर र मार्क उडले तीन तीन विकेट लिए । अदिल रसिदले दुई तथा क्रिस वाक्सले एक विकेट झारेका थिए । जितसँगै ६ खेल सकेको श्रीलंका ६ अंक जोड्दै पाँचौं स्थानमा उक्लिएको छ ।
श्रीलंकाले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । समान खेलबाट आठ अंक बनाएको इङ्ल्यान्ड तेस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको अष्ट्रेलियाको १० अंक छ । न्युजिल्यान्ड नौ अंक सहित दोस्रो स्थानमा छ ।