logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

चौधरीलाइ नेल लगाएर अस्पताल लैजानेलाइ कार्वाही गर्न निर्देशन


  • राजनीति
  • शनिबार, असार ७ २०७६

हिजो मात्र बिर हस्पिटल भर्ना गरिएका रेशम चौधरीको खुटामा नेल लगाएको तस्वीर सार्वजनिक भए पछि राजपा नेता तथा सांसद रेशम चौधरीलाई नेल लगाएर नै उपचार गरिएको सार्वजनिक भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई नेल लगाएर उपचारका लागि अस्पतालमा लैजानेमाथि कारबाही गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले नेल लगाएर उपचार गराउने लैजाने कार्यमा को–को संलग्न छन्, तिनलाई कारबाही गर्न मुख्यसचिवलाई फोन गरेर निर्देशन दिएको जानकारी दिए ।

टीकापुर थारू विद्रोहको क्रममा जेलमा रहेका सांसद चौधरीलाई मेरूदण्डसम्बन्धी उपचारका निम्ति अहिले वीर अस्पतालमा राखिएको छ ।

उपचारकै क्रममा उनलाई नेल लगाइएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार