logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

जनार्दनले झोक्किदै भने ‘रुकुमको बजेट पनि झापा हालियोस्, प्रमलाई सहयोग गर्छु !’


  • राजनीति
  • शनिबार, असार ७ २०७६

वर्तमान सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बजेटबारे असन्तुष्टी जनाएका छन् ।

आज बुधबार चलेको संसदमा भाग लिदै शर्माले उर्जा, श्रम र भाैतिक पूर्वाधारको बजेटमा असन्तुष्टी जनाउदै रुकुममा आफूलाई जनताले अध्यारोमा राख्न खोजिस भन्दै गुनासो गर्दा दुख लागेको वताएका छन् ।

आफनो पालामा लोडसेडिङको अन्त्य भएको स्मरण गर्दै आफूले लोडसेडिङ हटाए वाफत सजाय पाएको जनाएका छन् । सांसद शर्माले थप्दै भने, मेरो जिल्लाका जनताले मलाई भने गत वर्ष त भुल भयो भनिस्, यो वर्ष के भयो ? फेरि अध्यारोमा बस्नुपर्ने भयो, त्यसका लागि म मन्त्रीजीलाई धन्यवाद दिन चाहन्छु ।’

झण्डै २ करोड बजेट रहेको तर, यसले नपुग्ने भन्दै उनले मिल्छ भने अर्को २ करोड थपिदिन आग्रह गरे ।

भौतिक पूर्वाधार मन्त्रालयको बजेटबारे तीव्र असन्तुष्टि पोखेका सांसद शर्माले भने, ‘२ ४० लेखेको छ । करोड हो कि लाख हो ? २ करोड ४० लाख भएपनि २ लाख ४० हजार भएपनि यो शीर्षक रुकुमबाट हटाइयोस् । रकमान्तर गरेर झापा हालियोस् । म सम्माननीय प्रधानमन्त्रीलाई सहयोग गर्न चाहन्छु ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार