logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

पोखराको राष्ट्रबैंकचोकमा मोटरसाइकल कारभित्र छिर्यो


  • राजनीति
  • आइतबार, असार ८ २०७६

पोखरा- पोखराको राष्ट्रबैंकचोकमा कार र मोटरसाइकल एक आपसमा ठोक्किएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार एक जना सामान्य घाइते भएका छन् । मुस्ताङचोकबाट लेकसाईड तर्फ जांदै गरेको ग २ च ३५६७ नम्वरको कार र बिरौटाबाट सृजनाचोक तर्फ जाँदै गरेको ग २ प ५५६८ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो ।

दुर्घटना लगत्तै प्रहरीले कार र मोटरसाइकल दुबैका चालकलाई नियन्त्रणमा लिएको छ ।

कास्कीको सिक्लेस ताङतिङ जोड्ने मादी नदिको पुल बगायो(हेर्नुस भिडियो)

बर्सौ देखिनको असुविधा,असहजका बाबजुद पर्यटकिय गाउँहरु जोडिने मादी गाउँ पालिका ७ सबि र ३ स्यार्चोक बेसि अबस्थित मादी नदिमा निर्माणधिन मोटर पुल मादी नदिमा आएको बाढीले बगाएको छ। निरन्तरको वर्षापछि उर्लेको मादी नदिले आइतबार विहान नौ बजे तिर पुल बगाएको मादी गाउँपालिकाका प्रमुख बेद बहादुर गुरुङले जानकारी दिए ।

तत्कालीन जिल्ला विकास समितिबाट ठेक्का पारेर हेटौँडाको मृत सञ्जीवनी निर्माण सेवाले निर्माणको जिम्मा पाएको थियो । झण्डै ८३ मिटर लामो हुने उक्त पुल आरसीसी स्ल्याबको हुने सम्झौता छ । ८ करोड ६९ लाख ७ हजार ९ सय ८ रुपैयाँ ३७ पैसामा मृत सञ्जीवनी निर्माण सेवाले २०७५ सालको बैशाख २० गते निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो ।

स्वीस सरकारको सहयोगमा बन्न लागेको उक्त पुल निर्माण सम्पन्न भएपछि काउले–ज्याम्दु–ताङतिङ का जनतालाई सहज हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार