सर्लाहीमा प्रहरी र विप्लवका कार्यकर्ता बीच भएको भनिएको भिडन्त फेक रहेको भन्दै सवत्र निन्दा भएको छ । उक्त घटनाको बारेमा सडक देखी सदन सम्म प्रश्न उठिरहेका छ्न । कति सम्म भने संसदिय समितिमा त गृहमन्त्रीलाइ कार्वाही देखी पन्चायत ब्युतिएको तर्क सम्म भए ।
यसै घटनामा माथि सत्तारुढ विद्यार्थी नेताहरुले नै गम्भीर प्रश्न उठाएका छन् । उनीहरुले …..को नाममा जो कसैको पनि हत्या गर्न नहुने समेत बताएका छन् ।
सर्लाहीको लालवन्दी नगरपालिका–१ मा असार ५ गते दिउँसो प्रहरीले र विप्लवका जिल्ला इन्चार्ज……..लाइ बिभत्स ढंगले……को थियो । सो मृत्युको विषयलाई लिएर सार्वजनिक रुपमै टिकाटिप्पणी भइरहेको छ । सबैले …… नै हो कि होइन् भन्ने प्रश्न उठाइरहेको छ । सत्तारुढ विद्यार्थी नेताहरुले पनि सो भिडन्तमाथि प्रश्न उठाएका छन् ।
अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले घटनालगत्तै फेसबुकमा स्टाटस लेखे– ‘सर्लाहीमा ……. भएको हो कि होइन सरकार ?’

उनले स्टाटसमा सर्लाही घटनाको न्यायिक छानविन गर्न माग गर्दै अझ कडा शब्दमा लेखे– यो संघीय गणतन्त्र नेपालको नेकपा सरकार हो । यो बेला कही–कोही …..का नाममा……. गरिनु हुदैन ।’
उनले फेसबुकमा लेखेको स्टाटस यस्तो छ– ‘सर्लाहीमा…….. भएको होकि होईन ? सरकार .. यो संघीय गणतन्त्र नेपालको नेकपा सरकार हो, यो बेला कहि कोही भिडन्तका नाममा …. गरिनु हुँदैन । कानुन हातमा लिएका,गलत बाटो हिडेका सबैलाई सरकारले सहि बाटोमा ल्याउने प्रयास गर्नु पर्छ । सर्लाही घटनाको न्यायिक छानबिन गरिनु पर्छ ।’
तत्कालीन अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष पन्चा सिंहले सरकार नै गृहयुद्ध चर्काउन उद्द्त छैन भन्ने प्रश्न गर्दै राजनीतिक ढंगले हल गर्नु पर्ने बताएकीछन । उनले यस्तो लेखेकी छन
‘बिप्लब दाइ बार्तामा आउ
बादल दाइ …. नपट्काउ
शहिदकाे खेति बन्द गर
सर्लाही घटनाले राजनीति समस्यालाई समाधानको बाटो खोज्नु भन्दापनि गृहयुद्ध चर्काउन पो कतै सरकार उद्दत छैन भन्ने प्रश्न जन्माएको छ ।राजनीति समस्याको सहि समाधानको बाटो नखोजे देश फेरि दुर्घटनामा नपर्ला भन्न सक्ने अवस्था रहेन ।।।
हार्दिक श्रद्धाञ्जली कुमार पौडेल दाइ ।।
त्यस्तै अनेरास्ववियुका अर्का नेता दीपेश पुनले दोहोरो भिडन्तको नाममा एकजना राजनीतिक व्यक्तिको ……… भएको बताएका छन् ।
उनले स्टाटसमा लेखेका छन्– ‘दोहोरो भिडन्तको नाममा एकजना राजनैतिक ब्यक्तिको …… भएको छ । राजनैतिक समस्यालाई राजनितीक ढंगबाट समाधान गर सरकार ।’
अनेरास्ववियुकै अर्का नेता आरती लामाले दोहोरो भिडन्तको नाममा कुमार पौडेलको हत्या भएको बताएको छ ।
सर्लाही नै घर भएका नेता लामाले फेसबुक स्टाटस लेखेका छन्– अपराधी होइन, दोहोरो…….को नाममा एकजना राजनैतिक ब्यक्तिको हत्या भएको छ । राजनैतिक समस्यालाई राजनितीक ढंगबाट समाधान गर सरकार । हार्दिक श्रद्धाञ्जली …….अन्कल ।
त्यसैगरी, सर्लाहीमा भएको घटनापछि अनेरास्ववियुका अर्का नेता सुरेन्द्र बस्नेतले सरकार र विप्लव दुर्वलाई सुझावसहित राजनीतिक समाधान खोज्न आग्रह गरेका छन् ।
संघीय गणतन्त्र नेपालको संविधानका कुनै पनि धारा अपरिवर्तनीय नरहेको भन्दै नेता बस्नेतले भनेका छन्, ‘आउनुस् परिवर्तन यहीवाट खोजौं।’
सरकारलाई सुझाव दिँदै उनले ‘राजनीतिक समस्याको समाधान दमनबाट हैन, राजनीतिक रुपमै खोजौं’ भनेका छन् ।
तस्वीर उहाहरुको फेसबुक पेज बाट साभार गरेका हौं ।