logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

लमजुङ र मनाङ सिमानाको म्यार्दीखोलामा माथिको बेलिब्रिज बाढीले बगाए,यात्रु अलपत्र


  • आश गुरुङ
  • आइतबार, असार ८ २०७६

लमजुङ – हिमाली जिल्ला मनाङ जोड्ने म्यार्दीखोलामाथिको बेलिब्रिज बाढीले बगाएको छ । गत वर्षमात्रै निर्माण गरिएको पुल बगाएपछि मनाङसँग सडक सम्पर्क विच्छेद भएको छ ।

लमजुङ र मनाङ सिमानाको म्यार्दीखोलामा आइतबार दिउँसो एक्कासी आएको बाढीले म्यार्दीको पुल बगाएको स्थानीयले बताएका छन्। पुल बगाएपछि यात्रु अलपत्र परेका छन्। म्यार्दी खोलाले पुल बगाउँदा सवारी साधनहरू रोकिएका छन्।

सडक निर्माण भएको एक दशकपछि हिमाली जिल्ला मनाङ जोड्न लमजुङ सीमा म्यार्दी खोलामा बेलिब्रिज निर्माण गरिएको थियो।

यस्तै, तिमाङखोलाको छहरेमा राखिएको हृयुमपाइप सहितको अस्थायी काठे पुल बगाउँदा तिमाङ क्षेत्रबाट सवारीसाधन तल्लो क्षेत्र आउन र माथिल्लो क्षेत्र जान सकेका छैनन्।

मनाङका डीएसपी टीकाबहादुर कार्कीका अनुसार दिउँसो पौने २ बजेतिर पुल बगाएको हो। दुईवटा पुल बगाएपछि तत्कालका लागि आवतजावत बन्द भएको उनले बताए।

लमजुङका प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले मनाङबाट बग्ने मर्स्याङदी नदीको बहाव साबिकको भन्दा बढ्दै आएकोले मर्स्याङदीतीरमा बस्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। पानीको बहाव बढ्दै गर्दा मर्स्याङदी नदी किनारमा नजान पनि उनले आग्रह गरे।
आश गुरुङले कान्तिपुरमा लेखेका छन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार