पर्वत – शनिबारदेखि परेको पानीसँगै मोटरबाटोबाट आएको बाढी घरभित्र पस्दा पैयुँ गाउँपालिका–४ का ९ घरमा क्षति पुगेको छ । स्थानीय गेउदीखोलामा आएको बाढी धरमपानी–पैयुँकोट सडकको बाटो हुँदै बस्तीमा पसेको हो ।
राति करिब २ बजेको समयमा बाढी घरभित्र पसेपछि सुतिरहेका सर्वसाधारणले भागेर ज्यान जोगाएकाे स्थानीयले बताए । गोपबहादुर सार्की र विनोद हमालको घर बाढीले बगाएको छ । घर बगेपछि उनीहरु छिमेकीको आश्रयमा छन् । बाढीले करिव ८० रोपनी खेतीमा लगाएको बालीसहित खेत पुरेको छ ।
यस्तै वर्षाका कारण शनिबार राति जिल्ला समन्वय समितिको भवन भाँसिएको छ । समन्वय समितिको भवनभित्र पानी जमेपछि समितिका दुई कोठा भाँसिएको समन्वय समितिले जनाएको छ ।
अगन्धर तिवारीले कान्तिपुरमा लेखेका छन।