राजनीति
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी आवेदनका लागि निकालेको विज्ञापन संविधान तथा कानून बमोजिम नै भएको बताएका छन् ।
संवैधानिक अंग लोकसेवा आयोगले निष्पक्षता र योग्यताका आधारमा पदपुर्ति गर्दै आएको र यो प्रक्रिया पनि यही रहेको समेत मन्त्री पण्डितले जनाए ।
लोकसेवाले स्थानीय तहका विभिन्न पदमा गरी ९ हजार १६१ जना कर्मचारी भर्नाका लागि निकालेको विज्ञापनसम्बन्धी विवाद सर्वोच्च अदालतमा पुगेको छ । यसअघि राज्य व्यवस्था तथा सुशासन समितिले पनि उक्त विज्ञापन रद्द गर्न आयोगलाई निर्देशन दिएको थियो ।
कर्मचारीका सम्पूर्ण प्रक्रिया नियुक्ति, सरुवा, बढुवा र पदास्थापन कानुन सम्मत ढंगले अगाडि बढेको भन्दै ‘यसमा कुनै नातावाद, कृपावादको कुनै गुञ्जायस छैन’, उनले भने