पोखरा- पोखराको चिप्लेढुंगा स्थित श्री कम्प्लेक्स कृषि बजारमा आज साझ शंकास्पद बस्तु भेटिएको छ ।
आज साँझ करिब ५ः३० बजेको समयमा कृषि बजारमाको सडकमै शंकास्पद बस्तु भएतिएको हो। शंकास्पद बस्तुदेखिए पछि डिस्पोजल टोलीले डिस्पोजल गर्ने तयारी गरेको छ ।
स्थानियले शंकास्पद बस्तु देखे पछी प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शंकास्पद बस्तु वरपर रोक लगाएको छ र नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गर्ने तयारी गर्दैछ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले भोलि (मंगलबार) नेपाल वन्दको आव्हान गरेको छ । आफ्ना नेता कता कर्याकर्ताहरु पक्राउ गरेको बिरोधमा नेत्र विक्रम चन्द विप्लव नेकपाले मंगलबार नेपाल बन्दको आव्हान गरेको बताइएको छ ।