राजनीति
उप प्रधानमन्त्री कमल थापाका कान्छा भाइसमेत रहेका गणेश थापाले पार्टी अध्यक्षजस्तो राष्ट्रिय व्यक्ति मकवानपुरबाट चुनावमा पराजित हुनु जिल्लाका लागि अत्यन्तै दुर्भाग्यपूर्ण भएको भन्दै उनले राजीनामा दिएका हुन्। उनी मकवानपुर जिल्लाका सभापति हुन ।
भरपुर प्रयास गर्दा पनि अध्यक्षलाई चुनावमा जिताउन नसकेकोमा आत्मग्लानी भएको भन्दै उनले हारको नैतिक जिम्मेबारी लिन तयार रहेको समेत बताएका छन् ।पार्टीको जिम्मेबारीबाट राजीनामा दिएपछि पार्टी र कार्यकर्ताको संरक्षण तथा हकहितका लागि सदैव तयार रहेको थापाले बताएका छन् । उनले निर्वाचनमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने शुभेच्छुक तथा मतदाताप्रति आभारी व्यक्त गरेका छन् ।उनले आफ्नो राजीनामा र पार्टीको हारबाट बिचलित नभई संगठन सुदृढीकरणमा लाग्न सबै कार्यकर्तामा आहृवानसमेत गरेका छन् ।