logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सर्लाहीका इन्चार्जकाे ….बर्बरताकाे पराकाष्ठा खुमबहादुर पनि यति अचाक्लि थिएनन् : पुर्व एआइजी भण्डारी


  • राजनीति
  • मंगलबार, असार १० २०७६

नेपाल प्रहरी का पुर्व एआइजी राजेन्द्र सिहं भण्डारीले  ले नेकपा सर्लाहीका इन्चार्जकाे …. बर्बरताकाे पराकाष्ठा भएको बताएका छन् ।

कुमार पौडेलको …… बर्बरतापूर्ण भयो । ……..को अभ्यास हिन्दी फिल्म सन् १९९०–२००० को दशकबाट चलेको हो । प्रहरीले गुण्डागर्दीको विरुद्ध सुरुवात गरेका थिए ।

कहिलेकाहीँ चन्दा आतङ्क, कतै अपहरण गर्ने जस्ता अपराधीहरुका लागि…….ले तत्काल पब्लिक सेन्टिमेन्टलाई चाहिँ छुन्छ । तर …..ले समस्याको समाधान भने हुँदैन ।

तत्कालका लागि समस्या समाधानको सजिलो उपाय भए पनि कानुनी राज्यमा विकृति भित्र्याउँछ । तत्काल पब्लिक सेन्टिमेन्ट पाए पनि यसले दीर्घकालीन रूपमा धेरै विकृति र विसङ्गती भित्र्याउँछ ।

अहिले विश्वका कतिपय देशकमा…..को अभ्यास हटिसकेको छ । ……गर्ने प्रहरी अधिकृतहरु विरुद्ध कारबाही हुने गर्छ । विदेशमा धेरै प्रहरीहरु जेल परेका छन् । उनीहरुले पहिले…….गर्ने र अपराधीसँग मिलेर पैसा कमाउने गर्दा रहेछन् ।

एउटा अपराध नियन्त्रण गर्न अर्को अपराधको साहारा लिन मिल्दैन । सर्लाहीका इन्चार्ज राजनीतिक विचार बोकेको व्यक्ति हुन् । जिल्ला इन्चार्ज पनि हुन् । भनेपछि उनी कुनै पनि हिसाबले अपराधी थिएनन् । आपराधिक गतिविधिमा संलग्न भएका भए पनि उनलाई अपराधी भन्न मिल्दैन ।

जिल्लाको प्रमुख भएका व्यक्ति, नेपाली नागरिक र हिजो त्यस्तै गतिविधिमा संलग्न भएकाहरु अहिले गृहमन्त्री भएका छन् । आफ्नो ज्यान जोखिममा राखेर कुनै बेला अहिलेका गृहमन्त्री बनेकाहरुकै लागि काम गरेका थिए ।

हेर्दा पनि यो घटनामा मानवीय समवेदना नै नभएको जस्तो देखिन्छ । आफू सत्तामा पुगेपछि सबै कुरा बिर्सिने भन्ने कुरा कस्तो होला त ? गृहमन्त्री देखेर मलाई पनि अचम्म लाग्यो । खुमबहादुर पनि यति खरो भएर उत्रेका थिएनन् ।

जनयुद्धको समयमा मैले पनि रोल्पातिर गएर काम गरेका थिएँ । त्यतिबेला पनि हेर्दा थुप्रै यस्ता घटना भएका छन् । ०५७ सालको कुरा हो । प्रहरी एउटा पनि मरेन र माओवादी पनि एउटा पनि मरेन । त्योभन्दा अगाडि धेरै निर्दोष मानिस मारिए । माओवादी टार्गेट थिए । सामान्य सांस्कृतिक आस्था राख्नेहरुलाई पनि मार्दिने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार