logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ब्रेकिङ्ग न्युज विप्लव बन्दकाे प्रभाव : काठमाडौं मा सेना परिचालन


  • राजनीति
  • मंगलबार, असार १० २०७६

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाकाे बन्दलाइ लक्षित गरि उपत्यका मा सेना परिचालन गरिएकाे छ। बन्दका क्रममा हुनसक्ने सम्भावित गतिविधिलाई ध्यानमा राख्दै सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले बताए ।

नेपाल प्रहरीले विशेष सुरक्षा योजना बनाएर बन्दको प्रतिरोध गर्ने तयारी समेत गरेको छ । सँगसँगै आपराधिक घटना नियन्त्रणका लागि उपत्यकाको सुरक्षा रणनीति परिवर्तन गरिएको बताइएको छ ।

विप्लवको बन्द असफल पार्न सरकारले ‘सुरक्षा रणनीति मार्गदर्शन’ समेत तयार पारेको बुझिएको छ ।

विप्लवले आह्वान गरेको बन्दलाई मध्यनजर गर्दै उपत्यका केन्द्रीत भरपर्दो सुरक्षा रणनीति अवलम्बन गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए ।

यस्तै उपत्यकामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी सादा पोसाकमा तैनाथ रहने बताइएको छ । सादा पोसाकमा खटिएका सुरक्षा अधिकारीले शंस्कास्पद स्थान र गतिविधिमाथि निगरानी बढाउनेछ ।

सेना नै परिचालन गरि बन्द असफल बनाउन सरकार काे याे प्रयास भने पहिलाे हाेे।

सर्लाहीमा भएको कुमार हत्या लगत्तै  विप्लव नेकपाका महासचिव नेत्रबिक्रम चन्दले सरकारी फाशिवादका बिरुद्ध आज १ दिने नेपाल बन्दकाे घाेषणा गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार