logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेकपाको बन्द : कतै आगजनी, कतै बमै बम, सडक सुनसान


  • राजनीति
  • मंगलबार, असार १० २०७६

नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले असार ५ गते सर्लाहीमा आफ्नो कार्यकर्ता कुमार पौडेलको हत्याको बिरोधमा आज नेपाल बन्दको आयोजना गरेको छ । बिहानै देखी सडकहरु सुनसान देखिएकाछन भने शहरका मुख्य चोकका वरिपरि वमहरु भेटिन थालेकाछन ।

यसै क्रममा नुवाकोट जिल्लाको विदुर नगरपालिकाका मेयरको घरमा बम भेटिएको छ । सोमबार राति मेयर सञ्जु पण्डितको विदुर –९ स्थित घरमा प्रेस कुकर बम भेटिएको हो ।

नेकपा विप्लवले आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा समूहका कार्यकर्ताले घरमा प्रेसर कुकर बम राखेको अुनमान गरिएको छ । बमका कारण मेयरको घर आसपासका समूदाय रातभर आतंकित भएका थिए ।

अहिले बिहान नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निस्क्रिय पारेको नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले जानकारी दिए । आजको बन्द सफल पार्न विप्लवका कार्यकर्ताले बम राखिएको बुझिएको छ ।

जाजरकोटमा रहेको बारेकोट गाउपालिकामा शंकास्पद बस्तु फेला परेको छ । शंकास्पद बस्तु भेटेपछि स्थानीय प्रशासनले सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको छ । नेपाली सेनाको टोली घटना स्थलमा जाँदै ।

गए राति अछामको ढकारी गा.पा.को ५ न वडा कार्यालय अज्ञात समुहको आगजनी बात पुरा ध्वस्त तथा पंचदेवल न.पा.३ को वडा कार्यालयमा पनि तोडफोड र आगजनी भयेको खबर छ यसैगरी कैलालीको गौरीगंगा न.पा.को कार्यालय पनि आगजनी बाट ध्वस्त भएको खबर छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार