logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सर्लाही इन्चार्ज …..सिङ्गो गाउ वस्ती नै शोकमा, यसरी सम्झिरहेको छ….


  • पुष्पा थापा
  • मंगलबार, असार १० २०७६

सरकारी जागिरबाट २०५४ सालमा राजीनामा दिएर राजनीतिमा लागेका…. प्रहरी कारबा पछि उहाँका छोराछोरी पढाइ रोकिने चिन्तामा छन्।

बागमती नगरपालिका–२ धरहरा स्थायी घर भएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका सर्लाही जिल्ला इन्चार्को बिहीबार दिउँसो लालबन्दी नगरपालिका–१ लखन्देही खोलामा प्रहरी………..मृत्यु भएको थियो।

लालबन्दीबाट मोटरसाइकल चढेर सिन्धुली जाँदै गर्दा प्रहरीले गरेको जवाफी कारबाहीमा  मृत्यु भएको सर्लाही प्रहरीले दाबी गर्दै आएको छ भने उनको पार्टीले…… भनिरहेको छ। मृत्यु भएको तीन दिनपछि परिवारले शव बुझेर शनिबार हिन्दू परम्पराअनुसार बागमती नदीमा अन्त्यष्टि गरेका छन्।

…….का १५ वर्षका छोरा कुशल र ३७ वर्षीया श्रीमती कला किरिया बसेका छन्। बाबुको मृत्युबाट विक्षिप्त बनेका कुशलले भक्कानिँदै भने– ‘मेरो सीए पढ्ने र बहिनीको डाक्टर बन्ने चाहना सकियो, अब के गर्ने, कसो गर्ने केही सोच्न सकिएको छैन।’

स्थानीय ८६ वर्षका शंकरप्रसाद सापकोटाले भन्नुभयो– ‘……… बाबुको मृत्युले घर–परिवार मात्र रोएको छैन सि·ो गाउँ रोएको छ, अब गाउँमा यस्तो मान्छे पाइँदैन, हाम्रो भरोसा टुट्यो, गाउँका कति गर्भवती, कति सर्पले टोकेका मान्छेलाई अस्पताल पु¥याएर ज्यान बचाउनुहुन्थ्यो, आखिर मर्ने बेलामा एक घुट्को पानी खान पाउनुभएन।’

४७ वर्षका छोराको मृत्युको खबरबाट विक्षिप्त भएका ६५ वर्षीया आमा दुर्गा पौडेलले रुँदै भन्नुभयो– ‘मेरो किरिया गर्नुपर्ने छोराको उल्टै मैले किरिया गर्दा मन कसरी बुझाउनु रु मलाई दैव लाग्यो।’……को मृत्युपछि ३७ वर्षीया धर्मपत्नी कलाको सिउँदोको सिन्दुर पुछिएको छ। विवाह भएको २० वर्षको उमेरमै सिन्दुर पुछिएको छ भने छोरा कुशल र छोरी कामनाको काख रित्तिएको छ।

कांग्रेसबाट राजनीति शुरू गरेका ४७ वर्षका पौडेल एमाले, माओवादी हुँदै विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज बन्नुभएको थियो। सर्लाही सागरनाथ वन विकास परियोजनाको नाममा रहेको सार्वजनिक जग्गा सुकुम्बासीको नाममा जोतपोत हुनुपर्ने उहाँको पहिलो माग रहेको स्थानीयले बताएका छन्। भाइलाई राजनीतिक पूर्वाग्रहीका कारण प्रशासनलाई किनेर सुनियोजित तरिकाले हत्या गरेकाले नाम किटानीसहित न्यायको खोजीमा अदालत जाने दिदी लक्ष्मी पौडेलको भनाइ छ।

नेपाल समाचार पत्र बाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार