logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

शंकास्पद बस्तु बम हो भन्दै डिस्पोज गरेर हेर्दा भित्र कक्षा ९ को किताव अनि कापी


  • राजनीति
  • मंगलबार, असार १० २०७६

पोखरा- नेत्रविक्रम चन्द विप्लवनेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा विभिन्न स्थानमा शंकास्पद बस्तु फेला परेको भन्दै प्रहरीलाई खबर भइरहेका छन्। सोही क्रममा ललितपुर प्रहरीलाई एकाबिहानै शंकास्पद बस्तु फेला परेको सूचना प्राप्त भयो।

ललितपुर महानगरपालिका ४ जवलाखेलस्थित प्रेरा कम्प्लेक्सको भुईँ तलामा रहेको आयुषा फाष्टफुड रेष्टुरेण्ट एण्ड बारको पेटीमा शंकास्पद झोला फेला परेको सूचना प्रहरीलाई पुग्यो। सूचनाका आधारमा तत्काल खटिएको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी समेतको निगरानीमा नेपाली सेनाको बम डिष्पोजल टोलीले उक्त शंकास्पद भएको स्थानतर्फ लाग्यो। शंकास्पद झोलालाई टोलीले नियनत्रणमा लिएर जावलाखेल फुटबल ग्राउण्डमा लगेर डिष्पोज ग¥यो।

तर, शंकास्पद भनिएको झोलामा टोलीलाई अचम्मित पार्ने सामाग्री फेला परे। झोलामा थिए किताब र कापी।

टोलीले किताब र कापी हेरेपछि उक्त झोला उक्त झोलामा नवप्रभात माध्यमिक विद्यालय, पुल्चोक, ललितपुरमा कक्षा ९ मा अध्ययनरत छात्र निशान काफ्लेको भएको पत्ता लगायो।

असार ९ गते आफ्नी आमासँग ठेलागाडामा सामान बेच्ने क्रममा उक्त झोला बिर्सिएको प्रहरी अनुसन्धानबाट खुलेको एसपी दुर्गा सिंहले जानकारी दिइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार