राजनीति
पोखरा- गाउँपालिकाका अध्यक्ष माथि गाउँसभामै हातपात भएको छ। जुम्लाको पातारासी गाउँपालिकाका अध्यक्ष लक्षीमन बोहोरामाथि गाउँसभामै हातपात भएको हो ।
अध्यक्ष बोहोरामाथि गाउँसभा चलिरहेको बेला आफ्नो क्षेत्रका नीति तथा कार्यक्रममा नआएको भन्दै हातपात भएको हो । अध्यक्ष बोहोराले पातारासी गाउँपालिका वडा नम्वर ६ उर्थूका अम्मर विष्टले आफूमाथि हातपात गरेको बताए ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धि बैठक बसिरेहको अवस्थामा एक्कासी कार्यालय भित्रै प्रवेश गरी आफुमाथि हातपात गरेको उनको आरोप छ ।
‘सिधै आएर मलाई अपशब्द प्रयोग गरी हातपात गरे’, उनले भने, ‘मेरो कुनै गल्ती बिना हातपात गर्ने काम भयो ।’ अब बिष्टलाई कानुनी कारबाहीको लागि गाउँपालिकाबाट निर्णय गरेरै कानुनी उपचार खोजिने उनले बताएका छन् । हातपात गरेको अध्यक्ष बोहोराको भनाई छ । उनलाई थप अनुसन्धानको लाागि जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याइएको छ ।