logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रहरी चौकी प्रमुखले एक महिलालाई बलात्कार गर्न खोजेपछि…चौकी घेराउ


  • राजनीति
  • मंगलबार, असार १० २०७६

पोखरा- ओखलढुङ्गामा कार्यरत एक प्रहरीले महिलालाई यौन प्रस्ताव राखेको आरोपमा स्थानीयले चौकी घेराउ गरेका छन् ।

श्रीचौर प्रहरी चौकीका प्रमुख समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) प्रशुराम विश्वकर्माले एक महिलालाई यौन दुर्व्यवहार गरेको भन्दै स्थानीयले आइतबार राति प्रहरी चौकी घेरेका हुन् ।

मदिरा सेवन गरेर अचेत अवस्थामा पुगेका असई विश्वकर्माले स्थानीय एक होटलमा आफूलाई यौन दुव्र्यवहार गरेको भन्दै महिला चिच्याएपछि स्थानीय आक्रोशित भएका थिए । प्रहरीले संवेदनशिल अङ्गमा समातेर यौन सम्पर्कका लागि जबरजस्ती प्रस्ताव गरेको पीडित महिलाले बताएकी छन् ।
प्रहरीबाटै महिला असुरक्षित भएपछि दोषीलाई कार्बाहीको माग गर्दै चौकी घेराउ गरिएको स्थानीय युवा पदम तामाङले बताएका छन् ।

आक्रोशित व्यक्तिहरुले असई विश्वकर्मा र चौकी माथि आक्रमण गर्ने अवस्था आएपछि स्थानीय अगुवाहरुले नै सुरक्षा दिएका थिए ।

स्थानीयको भनाई उद्रित गर्दै घटनास्थलबाट पत्रकार शिवकुमार कार्कीले भने ।’ अहिले स्थानीय वडा अध्यक्षसहितका जनप्रतिनिधि बसेर घटनाका विषयमा छलफल गरिरहेका छन् । प्रहरीले मदिरा सेवन गरेर महिलालाई दुर्व्यवहार गरेको भन्ने गुनासो आएकाले उनलाई जिल्ला झिकाउने तयारी भईरहेको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार