राजनीति
पोखरा- म्याग्दी र मुस्ताङको सिमावर्तीक्षेत्र काभ्रेभीरमा मंगलबार बिहान करिव ७ बजेको समयमा संकास्पद प्रेसरकुकर बम फेला परेको छ ।
बेनी–जोमसोम सडकको निकै जोखिमयूक्त निर्माणधिन काभ्रेभीरको सडक छेउमा १ थान संकास्पद प्रेसरकुकर बम र खतरा लेखिएको सेतो चिनीको १ थान खाली बोरा भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।
यस्तै ,घासा प्रहरी चौकीका असई मिनप्रसाद तिमिल्सिनाका अनुसार सडक छेउ राखिएको संकास्पद प्रेसर कुकुर बमको एकिन पहिचान तथा बम डिस्पोजर गर्न जोमसोम स्थित बज्र दल गणको एक बम डिस्पोजर टोली घटना स्थल काभ्रेभीरमा आईपुगेको जानकारी दिए।
उनले सेनाको टोलीले संकास्पद बस्तु अनुसन्धान गर्दा प्रेसर कुकर भनिएको भाडोमा बालुवा र माटो रहेको उल्लेख गरे ।
आज मंगलबार आहवान गरेको नेपाल बन्दमा लामो दुरीमा चल्ने कुनै पनि सवारी साधन नचलेको घाँसा प्रहरी चौकीले बताएको छ ।
स्थानीय प्रशासनले बन्दलाई ध्यानमा राख्दै आन्तरिक सुरक्षा बलिलो बनाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।