logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

लमजुङको राइनास नगरपालिकाको अधिवेशन प्रक्रिया नपुर्‍याई सञ्चालन, अधिवेशन विवादमा


  • राजनीति
  • मंगलबार, असार १० २०७६

लमजुङ- लमजुङको राइनास नगरपालिकाको अधिवेशन प्रक्रिया नपुर्‍याई सञ्चालन गरिएको छ । राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापा र प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र अधिकारीले नगरसभाको प्रक्रिया नै पुरा नगरी नगर परिषद् सञ्चालन गरेका हुन् ।

कार्यपालिका सदस्य र नगरसभा सभासद्सँग छलफल नगरी आफ्ना आसेपासेलाई राखेर नगर अधिवेशन सञ्चालन गरेपछि नगर अधिवेशन विवादमा परेको हो ।

नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट नगरपालिका प्रमुख जितेका थापाले १० वडामध्ये ८ वडा जितेको कांग्रेसका वडा अध्यक्ष र सदस्यलाई बेवास्था गरेर नगर अधिवेशन सञ्चालन गरेपछि अधिवेशन नै विवादमा परेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार