राजनीति
अछाम-एका बिहानै ट्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको ज्यान गएको छ भने ४ जना घाइते छन् । चौरपाटी गाउँपालिका–३, शोकटस्थित कोलगैरामा से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ विद्यार्थीको मृत्यु भएको हो ।
दुर्घटना परी मृत्यु हुनेमा रमेश साउद, लक्ष्मी साउद र काली साउद रहेको प्रहरीले जनाएको छ । मृतक तीनै जना दशपल्ले माविका विद्यार्थी हुन । एसईई परीक्षा दिएर बसेका रमेश परीक्षाफलको प्रतीक्षामा थिए भने लक्ष्मी कक्षा ९ र काली कक्षा ८ मा अध्ययनरत थिए ।
दुर्घनामा ४ जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको छ ।
दुर्घटनाका ट्रयाक्टर चालकले भने भागेर ज्यान जोगाएका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको जनाएको छ ।