वाशिङटन – उत्तर मध्य अमेरिकाको विस्कन्सिनको एक घरमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा १० महिनादेखि ७ वर्षसम्मका दुई बालक र दुई बालिका समेत रहेका छन् । त्यसैगरी, एक जना ३२ वर्षीय पुरुष र ३४ वर्षिया महिलाको पनि सो घटनामा मृत्यु भएको जनाइएको छ । दुई जना महिला भने सो आगलातीको क्रममा भागेर जोगिएका छन् । सो आगलागी मंगलबार बेलुका ६ः२० बजेतिर भएको थियो ।
सो घरमा ८ जना मानिस बस्दै आएको र के कारणले आगलागी भएको भन्ने नखुलेको तथा अनुसन्धान भइरहेको सीएनएनले जनाएको छ ।