राजनीति
पोखरा – प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका चार जना कार्यकर्ता पश्चिम रुकुममा पक्राउ परेका छन् ।
उनीहरूलाई मंगलबार पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका-१ सिन्तुबाङबाट पक्राउ गरेका हुन् । पक्राउ पर्नेमा गाउँपालिका सेक्रेटरी समेत रहेका पश्चिम रुकुम त्रिवेणी गाउँपालिका-१ का छविलाल घर्ति, युवा संगठन नेपाल रुकुमका उपाध्यक्ष आठबिसकोट नगरपालिका-११ का विवेक विक, पार्टीको जिल्ला समिति सदस्य सानिभेरी गाउँपालिका-३ दीर्घराज गहतराज र पार्टीको राप्ती ब्यरो सदस्य आठबिसकोट नगरपालिका-११ गोर्खे कामी (गम्भीर सिर्पाली) रहेका छन्।
प्रतिअन्धित विप्लव नेकपाका कार्यकर्ताहरूलाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।