logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

भारतीय गाडीले पोखरा लेकसाइडमा तीन मोटरसाइकललाई ठक्कर ! तीन घाइते एकको अवस्था गम्भिर


  • राजनीति
  • बुधबार, असार ११ २०७६

पोखरा- भारतिय नम्बर प्लेटको गाडीले पोखराको हल्लनचोकमा तीन वटा मोटरसाइकललाई ठक्कर दिएको छ। मदिरा सेवन गरी अजय बराल नाम गरेका चालकले चलाएको गाडीको ठक्कर दिदा तीन जना घाइते भएका छन् ।

मदिरा सेवन गरी भारतिय नम्बर प्लेटको गाडी चलाएका अजय बरालले पोखराको हल्लनचोकमा तीन वटा मोटरसाइकललाई ठक्कर दिएका हुन् । दुर्घटनामा एक जना गम्भीर र दुई जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।लेकसाईडको हल्लनचोकस्थित ३ ओटा मोटरसाईकललाई ठक्कर दिएर भाग्ने क्रममा लगत्तै अरु दुई ठाउँमा पनि दुर्घटना गराएको र प्रहरीले स्थानीयको सहयोगमा प्रकाउ गरेको बताइएको छ।

भारतको दिल्लीबाट पोखरा घुम्न आएको उनले मदिराको नशामा सवारी चलाएको पाइएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख तथा डिएसपी कोमल शाहले जानकारी दिए । घाइतेहरुको पोखराकै मेटो सिटी अस्पतालमा उपचार भइरहेको छ । सवारी चालक प्रहरी चौकी बैदामको नियन्त्रणमा छन् । थप विवरण अाउन बाँकी छ ।

 

तस्विर समबधित छैन

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार