logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

‘रसुवाली कवि’का नामले परिचित कवि पत्रकार तिमिल्सिना पुनः गिरफ्तार


  • राजनीति
  • बुधबार, असार ११ २०७६

पोखरा- ‘रसुवाली कवि’का नामले परिचित कवि तथा पत्रकार ठाकुरप्रसाद तिमिल्सिनालाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । उनलाई बुधबार प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पस अगाडिबाट गिरफ्तार गरेको हो ।

आज दिउँसो वसन्तपुर डबलीमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिद्वारा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आयोजित कार्टुन प्रदर्शनी र कवितावाचन कार्यक्रमका लागि अतिथि कविका रुपमा कार्यक्रमस्थल जाँदै गरेका उनलाई प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस अगाडिबाट गिरफ्तार गरेको हो ।

लामो हिरासत बसाइ र लामो तारिखबाट भर्खरै मुक्त भएर आफ्नो हिरासत बसाइका अनुभूतिहरु लेख्दै आम सर्वसाधारणलाई सुसूचित पारिरहेको समयमा रसुवाली कविलाई सरकारले पुनः गिरफ्तार गरेर आफ्नो अनुदारवादी, फासिस्ट हर्कत पुनः दोहो¥याएको भन्दै सरकारको आलोचना पनि सुरु भएको छ ।

उनको अघिल्लो गिरफ्तारीको समयमा सयौं स्रष्टा र चिन्तकहरुले बिरोध गरेका थिए । पत्रकार महासङ्घजस्तो साझा सङ्गठन÷संस्थाको आमन्त्रणपछि औपचारिक कार्यक्रममा कविता वाचन गर्न जाँदाजाँदै अपहरणशैलीमा कविलाई पुनः गिरफ्तार गरिएपछि प्रगतिशील कवि, पत्रकार, साहित्यकार आदिले बिरोध जनाएका छन् ।

यसअघि चिया पिउँदै साहित्यिक बहस गरिरहेका उनलाई बालाजुको हिलेगाउँ क्षेत्रबाट सशस्त्र प्रहरीको सादा पोसाकमा खटिएको एक टोलीले बैशाख २ गते पक्राउ गरेका थियो ।उनको गिरफ्तारीको चौतर्फी आलोचना भएपछि बैसाख २६ गते उनी रिहा भएका थिए ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको नेता भएको भन्दै कविलाई पक्राउ गरिएको थियो । पछिल्लोसमय सरकारको आलोचना गर्ने जोकोहीलाई पनि प्रहरीले गिरफ्तार गरेर हिरासतमा राख्न थालेको छ ।पत्रकार, साहित्यकार लगायत सरकारको आलोचना गर्ने नेपाली जनतालाई समेत भकाभक गिरफ्तार गरिरहेको सरकारले विद्रोही नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध नै लगाएको छ । प्रतिबन्धपश्चात उक्त पार्टीका २ जना नेता कार्यकर्ताको प्रहरीले हत्या समेत गरिसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार