नेपाल सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका सर्लाही जिल्ला ईञ्चार्ज कुमार पौडेलको मृत्यु प्रकरणले सरकारको तिव्र आलोचना भईरहेको छ । सरकारले दोहोरो भिडन्तमा कुमार पौडेल मारिएको दाबी गरिहदा उनलाई प्रक्राउ गरेर हत्या गरिएको भन्दै गृहमन्त्रीको आलोचना भईरहेको छ । गृहमन्त्री रामबहादुर थापा र नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनालको विरोधमा थुप्रै आवाज उठिरहेको अवस्थामा मृतक पौडेलको भतिजा प्रिन्स राज पौडेलले पनि हृदयविदारक चिठि लेखेका छन् । उनको चिठि जस्ताको त्यस्तैः
आदर्णिय सर्बेन्द्र खनाल र गृहमन्त्री बाद्ल ज्यु मेरो नमस्कार !
म २०७६ साल असार ५ गते प्रहरि मुठ्भेड मा मारिएका भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेत्र बिक्रम चन्द, बिप्लप) को कार्यकर्ता सर्लाही जिल्ला इन्चार्ज कुमारको दाइको छोरा ।
अहिले हाम्रो परिवार शोकमा डुबिरहेको छ, मेरो सानो भाइ जो कक्षा १० मा अध्यनरत छ, कुशल पौडेल उ भर्खर १६ बर्षको कलिलो उमेरमा आफ्नो बुवाको कृया बसिरहेको छ । हजुरहरु राजधानी बसेर कुमार पौडेल साच्चिकै अपराधी हुन भनिरहनु भएको छ । एकचोटी सर्लाही आउनुस मेरो अनुरोध। नत्र प्रहरीले बनाएको रिपोर्टमा मात्र नजानुस् । मेरो काका कस्ता थिए बादलजी लाइ थाहा नै छ किनभने हिजो विप्लव छुट्टिनु अघि उहाँहरु एउटै पार्टिमा हुनुहुन्थ्यो । आज सबै सर्लाहीका गरिवबासी र यहाँका जनताहरु रोइरहेको अवस्था छ ।
यहाँ आएर सोध्नुस के साच्चिकै मेरो काका अपराधी हुन कि होइनन भनेर । बिरोधी पार्टीका केहि ब्यक्ती बाहेक एकजना गरिब निमुखा ले हो उहाँ अपराधी हुन भने भनी हामिलाइ न्याय चाहिदैन होइन भनी आफ्नो संस्थाले गरेको गल्ती लाइ लुकाउने कोशिस नगिरियोस प्रहरी प्रमुख जिउ । घटना स्थल मा खिचेको फोटो हेर्नुस सरकार र यदि त्यो फोटो बनावटि छैन भनेर कसैले भन्यो भनी हामिलाइ न्याय चाहिदैन सरकार। दोहोरो गोलि हानाहान हुदा हात भाचिन्छ र दात सबै झर्छ भन्नुहुन्छ यहाहरु ले भनी हामिलाइ न्याय चाहिदैन प्रहरि प्रमुख सर्वेन्द्र खनाल जि। मेरो भाइ अहिले जति बेला नि जस्लाइ नि मेरो बुवाको हत्या ले मेरो कलम बोक्ने हातलाइ हतियार बोक्न बाध्य बनायो भन्दै हिडेको छ एस्मा नजर गर्देउ सरकार। हिजो काठ को मिल चलाउदा लागेको आरोप हो र हिजो पार्टिले नै छोप्यो आज त्येही कुरा नकोट्याउनुस।
सुकुम्बासी ले खान पाउन पर्छ बस्न पाउन पर्छ भनेर सागरनाथ को जङ्गल को कुरा हो यो सबैलाइ थाहा छ। अहिले आएर जनप्रतिनिधि लाइ धम्क्याको खबर हावा ननिकाल्नुस, यो हुनै नसक्ने कुरा हो आएर सोध्नुस यहाका मेयरहरुलाइ। नत्र हिजो काम नगर्ने बाग्मतिका मेयर लाइ काकाले कार्बाही गर्छु काम नगरेमा बिकाश नगरेमा भनेर थर्काइएको मेयर को झुटा आरोप नसुन्नुस।
सायदै कुनै नेताले पाए होला १०(१२ हजारको कार्यक्रममा भिड र शब यात्रा मा जनताहरु जुन मेरो काका बुवाले पाउनुभयो।
हजारौ गरिब रोइ बिदा गरेको भिडियो हेर्नुस युटुब्मा भेट्नु भएन भनि हामी उप्लब्द गराउदछौ। भ्रस्टाचार गर्न हुन्न देश लुट्न पाउदैन कसैले भनेर हिडेको मान्छे लाइ सबैले उनको नाममा जिन्दाबाद र सहिद हुन, नेकपा पार्टी जिन्दावाद भन्दै हिड्दा किन यहा का प्रहरि मौन भए होला सोध्नुस यहाले।
यदि अपराध मा सन्लग्न जस्तो लागेको भए समातेर आबस्यक कार्बाही गर्न पर्ने, सिधै हत्या गर्न का को कानुनले तपाईंहरुलाइ आदेश दियो। दोहोरो भिडन्त भनेर सबैलाइ नझुक्याउनुस दोहोरो भिडन्त हुदा दोहोरो गोलि चलिन्छ जुन प्रहरिले भन्दा अरु कसैले चलाएनन त्यहा । एदि जम्का भेट भएको भए सोहि स्थानमा त्यहाका स्थानियलाइ दिउसो देखी गाइबस्तु चराउन जान किन रोकियो। शब दुइ दिन सम्म अस्पतालमा राख्दा किन घरपरिवार लाइ बोलाइएन।
सत्यम, सेवम अनि सुरक्षाणम भनेर भनिएको शब्दलाइ यथार्थमा ल्याउनु होला। यहा त न सत्य भयो न हामिले सेवा पाएम न सुरक्षा नै दिनुभयो।
कृपया यहाहरु हाम्रो आशाका केन्द्र हुनुहुन्छ उशिश हाम्रो आशा नामरिदिनुहोला। यहाहरु ले सत्य के हो बुजेर न्याय दिनुहुन्छ भनी आशाबादी छौ। मेरो भनाइलाइ उयकष्तष्खभ धबथ मा लिइ अगि बढ्नु हुन्छ भन्ने आशा राख्दछु।
उहि हजुरहरुलाइ भोट दिइ आफुले केहि पाउछु कि भन्ने अपेक्षा राख्ने नेपाली।
कृपया हाम्रो यो दुखमा सम्बन्धित निकाय सम्म खबर पुर्याउन यो पोस्टलाइ सक्दो ३शिएर गरिदिनुहोला।
जय देश।
हार्दिक श्रद्धाञ्जली मेरो काका बुवा।।।