logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

२ लाख घुससहित उपसचिव र अधिकृत अख्तियारले समात्यो


  • राजनीति
  • बिहिबार, असार १२ २०७६

जलस्रोत तथा सिञ्चाई डिभिजन कार्यालय कञ्चनपुरका डिभिजन प्रमुख अजितकुमार श्रीवास्तव र इञ्जिनियर ग्रीष्मा ठगुन्नालाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चजनपुर कार्यालयले उनीहरुलाई २ लाख घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

उपभोक्ता समितिको काम सहजीकरण गरिदिने भन्दै २ लाख रकम घुसवापत लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनीहरुले कार्यालय परिसरभन्दा बाहिरबाट नियन्त्रणमा लिएको हो ।

अहिले अख्तियारको टोलीले मुचुल्का बनाउने काम गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार