logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नायिका करिश्माको यस्तो आयो रिजल्ट ! गरिबले मात्र पढ्ने मानसिकता भत्काउन सरकारी कलेज पढ्छु


  • राजनीति
  • बिहिबार, असार १२ २०७६

पोखरा- नायिका करिश्मा मानन्धर ‘एसइई’ को परीक्षामा ‘बी प्लस’ ग्रेड ल्याए पास भएकी छिन्।

नायिका मानन्धरले पास भएपछि सरकारी स्कुलमा पढ्ने बताइन्। उनले भनिन्, ‘सरकारी कलेजमा जान्छु। सरकारी पढाइ पनि नराम्रो छैन भनेर म समाजलाई सन्देश दिन चाहन्छु।’

सरकारी स्कुल भन्ने वित्तिकै गरिबले पढ्ने भन्ने मानसिकता अझैं रहेकाले त्यसलाई आफूले भत्काउन चाहेको बताइन्।

उनले भनिन्, ‘म पनि राम्रो-राम्रो कलेजमा जान सक्छु। तर म जान्न।’

‘प्लस टू’ मा मानविकी लिएर पढ्ने धोको रहेको उनले बताइन्। उनले भनिन्, ‘म धेरै राम्रो विद्यार्थी पनि होइन। मलाई कुनै डक्टर इन्जिनियर त बन्नु छैन। सामाजिक काम गरिरेहको हुनाले त्यस्तै विषय पढ्छु।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार