राजनीति
बेनी – बेनीका प्रशान्त सुवेदीले माध्यमिक शिक्षा परीक्षा (एसईईमा) चार जीपीए ल्याएका छन्। काठमाडौका मनमैजुमा रहेको एन्जल्स हार्ट आवासीय माविबाट एसईईमा सहभागी भएका सुवेदीले राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार ४ मा ४ जीपीए ल्याएका हुन् ।
सुवेदीका अभिभावक र विद्यालयले उनी एसईईमा देशभरबाट बढी जीपीए ल्याएको दाबी गरेका छन् । १६ वर्षीय सुवेदीले अध्ययनमा आफूले गरेको मेहनतको प्रतिफलबाट उत्साहित भएको प्रतिक्रिया दिँदै खुसी व्यक्त गरे।
बेनी आवासीय माविमा कक्षा ७ सम्म अध्ययन गरेका प्रशान्त आठ कक्षा पढ्न एञ्जल्स हार्ट गएका थिए।
उनका बुवा रामप्रसाद र आमा प्रभा बेनीमा फेन्सी व्यवसाय गर्छन् । छोराले एसईईमा ल्याएको नतिजाबाट खुसि भएको प्रतिक्रिया दिए । प्रशान्तका दुई जना दिदीहरु छन् । उनी कान्छा हुन्।