राजनीति
पोखरा- आज कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
गत जेठमा सञ्चालित रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत् कोरिया जान चाहनेहरूका लागि परीक्षाको नतिजा शुक्रवार सार्वजनिक भएको हो ।इपीएस कोरियाले गएराति नतिजा सार्वजनिक गरेको हो।
इपीएस कोरिया शाखा नेपालले भने नतिजा सार्वजनिक गरेको छैन्। नेपालमा भने बिहान १० बजेपछि मात्रै नतिजा सार्वजनिक गरिने इपीएस कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिए। भाषा परीक्षा गत जेठ २५ र २६ गते काठमाडौं र पोखरामा भएको थियो।
भाषा परीक्षामा सहभागी ८४ हजार २ सय १५ जना परीक्षार्थीमध्ये १२ हजार १५ जना उत्तीर्ण भएका छन् ।सन् २०२० का लागि नेपालीलाई १० हजार ५० कोटा छुट्ट्याइएकोमा कोटाभन्दा झण्डै २ हजार बढी परीक्षार्थी उत्तीर्ण भएका छन् ।
कसरी हेर्ने नतिजा ?
नतिजा हेर्नको लागि नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयको वैदेशिक रोजगार विभाग अन्तरगत ई। पी। एस। कोरिया शाखाको निम्न वेबसाइटहरूमा हेर्न सकिन्छ
कसरी हेर्ने नतिजा ?
नतिजा हेर्नको लागि नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयको वैदेशिक रोजगार विभाग अन्तरगत ई. पी. एस. कोरिया शाखाको निम्न वेबसाइटहरूमा हेर्न सकिन्छ
वैदेशिक रोजगार विभागको वेबसाइट http://www.dofe.gov.np/new/
नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयको वेब साइट http://www.mole.gov.np/
इपिएस कोरियाको वेब साइट https://www.eps.go.kr/