logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

काठमाडौँमा बिहानै डर लाग्दो दुर्घटना यसरी भयो


  • राजनीति
  • शनिबार, असार १४ २०७६

काठमाडौँको जमलमा शनिबार बिहान एउटा कार दुर्घटनामा परेको छ । केशरमहलबाट जमलतर्फ जाँदै गरेको कार जमलको होटेल याल्लो प्यगोडा अगाडि दुर्घटना भएको हो ।

बिहान करिब सवा ७ बजे बा ११ च ३६०४ नम्बरको कार दुर्घटना भएको थियो । दुर्घटनामा कारको इन्जिन नै निस्किएको छ भने कार केही पर गएर उल्टिएको छ ।

कुमारीपाटीस्थित मच्छिन्द्र आयल स्टोरका संचालक बिजेन दवल श्रेष्ठको कार रहेको खुल्न आएको महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गका इन्स्पेक्टर दयाकृष्ण भट्टले जानकारी दिए ।

मापसे गरेर कार श्रेष्ठ आफैंले हाकेको उनले बताए । चालकसहित कारमा ३ जना सवार थिए ।

कार दुर्घटनामा तीनै जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

कार उछिटिएर जमलमा रोकिराखेको पर्यटकको माइक्रोलाई ठक्कर दिन पुगेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार